२० हजार प्रहरीको बढुवा गर्न प्रहरी नियमावली संशोधन

काठमाडौँ । सरकारले नेपाल प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको छ। यससँगै तल्लो तहका २० हजारभन्दा बढी प्रहरीको बढुवा गर्न बाटो खुलेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावलीको दशौं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारले मनोवल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो। तर, नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्यांकन हेर्नु पर्ने थियो। अर्थात कम्तिमा थपिएका पदमा बढुवा गर्न मिलेन। त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्न लागिएको छ। नयाँ नियमावलीअनुसार तल्लो तहका २० हजारभन्दा बढी प्रहरी एकैपटक बढुवा हुने छन्।
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया