लेटाङ घटनामा ज्यान गुमाएकी उर्मिलाका परिवारलाई सहयोग हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
उर्मिलाका श्रीमान नविन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताए ।
‘कर्तव्य पालनाको शिलशिलामा उहाँको मृत्यु भएको छ, उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाँणको भनाइ उदृत गर्दै उर्मिलाका पति नविनले भने, ‘तपाइहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला, राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौं ।’
फागु पूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।
त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
गृहमन्त्री खाँणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया