संस्कृतिमन्त्री आले भन्छन्– राज्यको सम्पत्ति दोहन गर्न कसैलाई दिन्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विगतका सरकारका पालामा कौडीको भाउमा दिएको नारायणहिटी राजदरबार सङ्ग्रहालय आफूले फिर्ता ल्याउँदा धेरैको टाउको दुःखाइ भएको बताएका छन् ।
‘नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिन हामीले गणतन्त्र ल्याएका हौँ ?’ उनले भने, ‘राज्यको सम्पत्ति दोहन गर्न कसैलाई पनि दिन्न । म नेपाली जनताको शीर ननिहुरिने गरी काम गर्छु, आफू पनि गलत गर्दिनँ र गर्न पनि दिन्नँ ।’
उनले वैदेशिक राजगारीमा जाने नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, तातोपानी, चिसोपानी, निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको र विमानस्थलमा कोभिड परीक्षण गरेको शुल्क रु दुई हजारबाट घटाएर एक हजार १०० बनाएको बताए ।
विमानस्थलमा रहेका ट्याक्सी व्यवसायीले मिटरमा जान नमान्ने, मनोमानी रकम लिने गरेका कारण आफूले यात्रुलाई सहज होस् भनेर विमानस्थलबाट गोल्डेनगेटसम्म निःशुल्क सटल बस सञ्चालन गरेको जानकारी दिए । रासस
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया