गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने देखिन्छ- शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान भने दिनुपर्ने बताएका हुन् ।
उनले गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर भनेका बताए । ‘गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘तर, हामीले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । त्यो ध्यान भनेको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने हामीलाई चिन्ता छ ।’
हामीले ९० प्रतिशत भोट अर्को पार्टीका कार्यकर्तालाई नेतालाई खसाल्ने अनि उहाँहरु जित्ने अनि हामीलाई चाहीं भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई नचाहिने उनले बताए ।
नेता कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्ने पनि बताए । ‘कस्तो गठबन्धन हामीले गर्न खोजेको यो क्लियर नभइ कुनै पनि साँठगाँठमा हामी गयौं भने हामी ट्र्यापमा पर्छौँ हामी फस्छौँ जस्तो लाग्छ ।’ उनले थपे ।
अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने तर्क गरे ।
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया