आइतबार, माघ ११, २०८२

गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने देखिन्छ- शेखर कोइराला

मेरोन्यूज २०७८ चैत ८ गते १३:२७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान भने दिनुपर्ने बताएका हुन् ।

उनले गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर भनेका बताए । ‘गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने कुरा छ,’ कोइरालाले भने, ‘तर, हामीले एउटा कुरामा ध्यान दिनुपर्ने आवश्यकता छ । त्यो ध्यान भनेको ०७४ सालको निर्वाचनमा एमाले र माओवादी जसरी मिले त्यसरी नै फेरि मिल्न सक्छन् कि भन्ने हामीलाई चिन्ता छ ।’
हामीले ९० प्रतिशत भोट अर्को पार्टीका कार्यकर्तालाई नेतालाई खसाल्ने अनि उहाँहरु जित्ने अनि हामीलाई चाहीं भोट नदिने हो भने त्यस्तो गठबन्धन हामीलाई नचाहिने उनले बताए ।
नेता कोइरालाले गठबन्धन गर्दा कांग्रेस कमजोर हुनसक्ने पनि बताए । ‘कस्तो गठबन्धन हामीले गर्न खोजेको यो क्लियर नभइ कुनै पनि साँठगाँठमा हामी गयौं भने हामी ट्र्यापमा पर्छौँ हामी फस्छौँ जस्तो लाग्छ ।’ उनले थपे ।

अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा कांग्रेस कमजोर हुने तर्क गरे ।

प्रतिक्रिया