पीएनजीविरुद्ध नेपालको शानदार जित
मेरोन्यूज
२०७८ चैत ८ गते १७:४४

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप लिग २ मा नेपालले पापुवा न्युगिनी (पीएनजी)लाई सात विकेटले पराजित गरेको छ। पीएनजीले दिएको १७४ रन पछ्याएको नेपालले तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा तीन विकेट गुमाउँदै पीएनजीलाई पराजित गरेको हो।
नेपालको जितमा कुशल भुर्तेल र आरिफ शेखले अर्धसतकीय पारी खेले। शेखले १०२ बलमा अविजित ५९ रन बनाए। भुर्तेलले ६४ बलमा ५० रन जोडेका थिए। यस्तै रोहित पौडेलले अविजित ४४ रनको योगदान दिए। आसिफ शेख २ रनमा आउट हुँदा दिनेन्द्र ऐरी शून्य रनमा फर्किएका थिए ।
यसअघि भएको खेलमा पनि नेपालले पीएनजीलाई हराएको थियो।
सम्बन्धित









कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया