‘विवाह गर्छु भन्दै पल शाहले बलात्कार गरे’

काठमाडौँ । पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै नायक पल शाहले पटकपटक जबरजस्ती करणी गरेको बयानमा बताएकी छन्।
पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान र सुटिङका क्रममा कतै बास बस्दा एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयानमा बताएकी छन्।
‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकाले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका हुन् ।’
नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ । बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको माग दाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो ।
तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया