चीनका कारण अस्पताल बन्न सकेन : स्वास्थ्य मन्त्री
मेरोन्यूज
२०७८ चैत ८ गते १९:३४

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन्। मंगलबार चाँगुनारायण नगरपालिका १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा उनले चीनका कारण निर्माण हुन नसकेको बताएका हुन्।
उनले चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने बताए। उनले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ, आशालाई निराशामा परिणत हुन हामी दिदैनौँ, तपाईहरुलाई म विश्वास दिलाउन चाहान्छु ।’
उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाता खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण कार्य प्रारम्भ गर्ने बताए ।
सम्बन्धित
















लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया