महाकाली नदीमा भारतले पक्की तटबन्ध बनाएकोमा कानुनमन्त्रीले गराए गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

दार्चुला । दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा भारतले एकमतर्फी पक्की तटबन्ध बनाइरहेको छ । महाकाली नगरपालिका -४ बाँगाबगरमा सीमा नदी महाकाली पारी पट्टी भारतीय पक्षले पक्की तटबन्धन बनाउँदै आएको हो । उक्त कार्य तत्काल रोक्न स्थानीय प्रशासनले गरेको अनुरोध भारतले अटेरी गर्दै आएको छ ।
पानीको बहाव नेपालतर्फ पठाउनेगरी भइरहेको पक्की तटबन्ध निर्माण कार्य रोक्न वारीबाट नेपालीहरूले ढुंगा प्रहारसमेत गर्दै आएका छन् । तर, पनि भारतीय पक्षले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।
स्थानीय प्रशासन र स्थानीय जनताको अवरोधलाई अटेरी गर्दै आएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले गृह र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भेट गरी मन्त्री बडूले ध्यानाकर्षण गराएका हुन् ।
भारतीय पक्षले पक्की तटबन्ध निर्माण गर्ने क्रममा दुवैतर्फका जनताबीच ढुङ्गा हानाहानको अप्रिय अवस्था सृजना भएको तर्फ दुवै मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । यस घटनाबाट दुवै तर्फको जनस्तरमा रहेको मित्रता र आपसी सम्बन्धलाई थप विग्रन नदिनतर्फ सचेत हुन समेत आग्रह गरेका हुन् ।
सीमाक्षेत्रमा हुने प्रशासनिक एवं विकासका गतिविधिहरूमा दुवै पक्षको पूर्व जानकारी र समन्वयको सुनिश्चितता गर्नका लागि तत्कालै भारत सरकारसँग कूटनीतिक तहमा सम्पर्क गरी दुवै पक्षबीच प्राविधिक र प्रशासनिक समन्वय र संवादद्वारा सृजित समस्याको समाधान गर्न गराउन आग्रह गरेका हुन् ।
भेटका क्रममा परराष्ट्रमन्त्री खड्काले उक्त घटनालाई गम्भीर लिँदै भारत सरकारको ध्यानाकर्षण गराइसकिएको बताए ।
दुवै देशका संयुक्त प्राविधिक टोली खटाइ स्थलगत रूपमा नै समस्याको समाधान गर्न दूतावासमार्फत भारत सरकारलाई मौखिक साथै लिखित रूपमा अनुरोध गराइसकिएको उनले प्रष्ट पारे ।
यो विषयमा आफू निरन्तर भारतसँग सम्वादमा रहेको भन्दै चाँडै उक्त समस्याको समाधान गरिने बताए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया