संवैधानिक नियुक्ति खारेज गर्न आदेश माग

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेको छ ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध परेको रिटको पक्षमा बहस गर्दै कानुन व्यवसायीले अन्तरिम आदेश माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठीलगायतले तत्कालीन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशअनुसार बसेको संवैधानिक परिषद्को बैठक अवैध भएको बताएका थिए । बैठक नै अवैध भएको भन्दै बैठकले गरेको सिफारिसमा संवैधानिक आयोगका नियुक्ति अवैध भएको भन्दै उनीहरूले संवैधानिक इजलासले सो नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गरेका हुन् ।
तर, तत्कालीन प्रधानमन्त्री ओलीले तीन जना सदस्यको उपस्थितमा बैठक बस्न र निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेका थिए । सोही अध्यादेशका आधारमा संवैधानिक आयोगमा ५० भन्दा बढी पदाधिकारी नियुक्ति भएका थिए ।
ती पदाधिकारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक संस्थामा काम गरिरहेका छन् ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया