घाइते ट्रयाक्टर चालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत ९ गते २१:५१
काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ ।
गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मकवानपुर हेटौँडाका २८ वर्षीय चालक राजेन्द्र प्रजाको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।
लोड बोकेको ट्रयाक्टर बुधबार दिउँसो सडकबाट तीन सय मिटर तल खसेको थियो । ट्रयाक्टर चालक प्रजाको उपचारको क्रममा बुधवार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
सम्बन्धित
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया