डेढ महिनामा सकियो ‘ह्यारी कि प्यारी’

काठमाडौं । डा. कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरिएको छ । साढे दुई दशकदेखि लण्डनमा दन्त चिकित्सकका रुपमा स्थापित डा. रिजालले लण्डन र नेपालमा विभिन्न छोटा फिल्म तथा म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।
निर्देशक डा. रिजालले कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिनापछि इन्ड क्ल्याप गरिएको बताए । डा. रिजाल स्त्री रोग विशेषज्ञ तथा गीतकार डा. भोला रिजालका छोरा हुन् ।
फिल्म काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा खिचिएको छ । ‘पारिवारिक कथामा बनाइएको फिल्म सिचुएसनल कमेडीमा आधारित छ’, निर्देशक डा. रिजालले भने । फिल्म बिआर प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।
फिल्ममा जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय छ ।
फिल्ममा निर्देशक डा. रिजालको कथा, डा. रिजाल, सुदीप बराल, गिरीराज घिमिरे र अभिमन्यू निरवीको पटकथा तथा संवाद, डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, कविराज गहतराजको कोरियाग्राफी, सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।
डा. रिजालले अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया