रुस-युक्रेन युद्ध: युक्रेनमा रुसी पत्रकारको मृत्यु

काठमाडौँ । युक्रेनको राजधानी कीभमा रुसी सेनाले गरेको गोलाबारीमा एक रुसी पत्रकारको मृत्यु भएको छ । खोजी वेबसाइट द इनसाइडरका संवाददाता ओक्साना बाउलिनाको मृत्यु भएको हो ।
द इनसाइडरका लागि उनि कीभ र पश्चिमी शहर ल्भिभबाट रिपोर्ट गरिरहेकी थिइन् । कीभको पोडिल जिल्लामा रिपोर्टिंगको क्रममा रुसी रकेट आक्रमणमा उनको मृत्यु द इनसाइडरले जनाएको छ ।
बाउलिनाले यसअघि रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनमा काम गरेकी थिइन् र रुस छाडेकी थिइन् । गत वर्ष फाउन्डेसनलाई रुसमा गैरकानूनी र चरमपन्थी घोषणा गरेपछि यसका धेरै कर्मचारीहरू विदेश पलायन भएका थिए ।
सो आक्रमणमा अर्का एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको इन्साइडरले जानकारी दिएको छ । बाउलिनाले पहिले कीभ र पश्चिमी युक्रेनी शहर ल्भिभबाट धेरै रिपोर्टहरू पठाएकी थिइन् ।
युक्रेनमा मार्चको सुरुमा, स्पेनिस समाचार एजेन्सी इएफओइका लागि काम गर्ने युक्रेनी टिभी च्यानल लाइभका क्यामेरा अपरेटर येभेनी साकुन, कीभमा टिभी ट्रान्समिसन टावरमा गोली प्रहार गर्दा मारिएका थिए ।


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया