आइतबार, माघ ११, २०८२

चितवनको भरतपुर महानगरमा लालपूर्जा वितरण

मेरोन्यूज २०७८ चैत १० गते १५:३८

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाका भूमिविहीनलाई जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन् । महानगरको २९ को गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपूर्जा वितरण गर्दै उनले मन्न्त्रालयले पहिलो प्राथमिकता भूमिविहीनलाई लालपुर्जा दिने बताइन् ।

उनले आगामी आर्थिक वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम गरेको बताउँदै देशमा रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने योजना बनाएर बताएकी थिइन् ।

राष्ट्रिय भूमि आयोगमार्फत भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्ने गरी काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुुषा, सुनसरी, काठमाडौँ, भक्तपुर तनहुँलगायत जिल्लाहरूमा भूूमिविहीनलाई लालपूर्जा वितरण गरेकी थिइन् ।

प्रतिक्रिया