सोमबार, चैत १६, २०८२

चितवनको भरतपुर महानगरमा लालपूर्जा वितरण

मेरोन्यूज २०७८ चैत १० गते १५:३८

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाका भूमिविहीनलाई जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन् । महानगरको २९ को गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपूर्जा वितरण गर्दै उनले मन्न्त्रालयले पहिलो प्राथमिकता भूमिविहीनलाई लालपुर्जा दिने बताइन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आगामी आर्थिक वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम गरेको बताउँदै देशमा रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने योजना बनाएर बताएकी थिइन् ।

राष्ट्रिय भूमि आयोगमार्फत भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अब अन्त्य गर्ने गरी काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुुषा, सुनसरी, काठमाडौँ, भक्तपुर तनहुँलगायत जिल्लाहरूमा भूूमिविहीनलाई लालपूर्जा वितरण गरेकी थिइन् ।

प्रतिक्रिया