नेपाल पीएनजीसँग ६ रनले पराजित
मेरोन्यूज
२०७८ चैत ११ गते १७:२५

काठमाडौँ । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग पराजित भएको छ । युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले तीन नयाँ कीर्तिमान बनाएको खेलमा नेपाल पराजित भएको हो ।
नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रन मात्रै बनाएको हो ।
रोहितले १०७ बल खेल्दै ७ चौका र ४ छक्काको सहयोगमा १२६ रन बनाएका थिए । उनले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि पारस खड्काको नाममा रहेको ११५ रनको सर्वाधिक रन स्कोरको कीर्तिमान भंग गरेका छन् ।
पीएनजीका लागि कार्लेस एमिनीले सर्वाधिक ७७ रनको अर्धशतक बनाए । १०३ बलमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया