आइतबार, माघ ११, २०८२

कांग्रेसलाई फाइदा नभए गठबन्धन हुँदैन : प्रवक्ता महत

मेरोन्यूज २०७८ चैत ११ गते १८:१२

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय कार्य समिति बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताएका छन् । शुक्रबार पार्टीको बैठकपछि पत्रकारसँग बोल्दै उनले स्थानीय तहमा गएका नेताहरूले गठबन्धन गर्नेबारेमा रिर्पोट पेश गरिरहेको बताए ।

उनले भने, ‘बैठकमा नेताहरूले गठबन्धनको बारेमा रिर्पोट पेश गरिरहनुभएको छ, स्थानीय तहको निर्वाचनमा पार्टीले कहाँ गठबन्धन गर्दा राम्रो हुने ? कहाँ एकल निर्वाचनमा जाने भन्नेबारे छ कहाँ छलफल भइरहेको छ, जिल्लादेखि स्थानीय तहसम्म साथीहरूले मेहनत गर्नु भएको छ ।’

प्रवक्ता डा. महत पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनसँगै चुनावमा जाने भनेर भ्रम फैलाइएको बताए । ‘हाम्रो पार्टी सभापति स्पष्ट हुनुहुन्छ, जहाँ पार्टीलाई फाइदा हुन्छ त्यहाँ गठबन्धन गर्ने, जहाँ फाइदा हुँदैन त्यहाँ एक्लै जाने,’ उनले भने ।

स्थानीय तहको साथीहरूको निर्यणअनुसार नेकपा एमालेसँग समेत गठबन्धन हुने उनले बताए ।

प्रतिक्रिया