रुसको पक्षमा चीन र ब्राजिल, जी–२० बाट नहटाउने पक्षमा

काठमाडौँ । ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ ।
ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, ‘अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाब दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ ।’
विदेश मन्त्री कार्लोस फ्रांकाले बिहीबारको सिनेट बैठकमा बोल्दै भने, ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा रूसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ, त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थ व्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने विषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो । रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनु पर्ने बताए । तर चीनले रूसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ । जी–२० को चक्रीय नेतृत्व (अध्यक्ष) इण्डोनेसिया ‘निष्पक्ष’ रहने छ ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया