रुसको पक्षमा चीन र ब्राजिल, जी–२० बाट नहटाउने पक्षमा

काठमाडौँ । ब्राजिलले रूसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ ।
ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले भने, ‘अमेरिकाले यूक्रेनमाथि आक्रमण गरेको आरोपमा यस समूहबाट मस्कोलाई हटाउन दबाब दिएको तर ब्राजिलको यस पक्षमा फरक अडान रहेको छ ।’
विदेश मन्त्री कार्लोस फ्रांकाले बिहीबारको सिनेट बैठकमा बोल्दै भने, ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा रूसलाई निष्कासित वा निलम्बन गर्ने पहल गरेको र यसको नतिजा देखेका छौँ, त्यसैले ब्राजिलले बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनअनुसार नै आफ्नो परम्परागत अडानको पक्षमा उभिने छ र मस्कोलाई हटाउने पहलको विपक्षमा उभिने छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थ व्यवस्थाको संगठन जी–२० समूहबाट रूसलाई हटाउने विषयमा उभिने वा युक्रेनलाई पनि ‘बैठकहरूमा पनि उपस्थित हुन’ आमन्त्रित गर्ने बताएपछि ब्राजिलको उक्त धारण आएको हो । रूसलाई बहिष्कार गर्ने सन्दर्भले जी–२० सदस्यहरूलाई विभाजित गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बालीमा नोभेम्बरमा हुने समूहको शिखर सम्मेलनबाट समूहमा रोक लगाउनु पर्ने बताए । तर चीनले रूसलाई ‘महत्वपूर्ण सदस्य’ भन्दै मस्कोको पक्षमा देखिएको छ । जी–२० को चक्रीय नेतृत्व (अध्यक्ष) इण्डोनेसिया ‘निष्पक्ष’ रहने छ ।
















अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया