सोमबार, माघ ५, २०८२

३८ लाख बैंकिङ कसुरमा वडाध्यक्ष पक्राउ

मेरोन्यूज २०७८ चैत ११ गते २०:३३

काठमाडौँ । बारा प्रहरीले कलैया उपमहानगरपालिका १४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ ।

तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दामा ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए ।

जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा एमालेका तर्फबाट निर्वाचित भए । हाल उनी बारा निर्माण व्यवसायी संघको अध्यक्ष हुन् ।

प्रतिक्रिया