आइतबार, माघ ११, २०८२

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

मेरोन्यूज २०७८ चैत १२ गते १९:०८

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सम्पन्न भएलगत्तै वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

द्विपक्षीय बैठकमा सहभागी हुनुअघि परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्रीले भेटवार्ता गरेका थिए ।

नेपालको तीन दिने भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया