ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते
मेरोन्यूज
२०७८ चैत १२ गते २१:२३
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० मा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका ८ का २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए । घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ ।
घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ । सामान्य घाइते अन्य दुई जना प्राथमिक उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया