नेपाल बैंकको नयाँ काउण्टर महेन्द्र बहुमुखी क्याम्पस धरानमा

काठमाडौँ । धरान उपमहानगरपालिका १० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ ।
कार्यक्रममा सञ्चालक समिति सदस्य डा. सावित्री रञ्जित श्रेष्ठले देशकै पहिलो बैंकले देशभर आफूलाई सक्रिय बनाउँदै लगेको बताएकी थिइन । उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाका साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाहका साथ समयसँगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरी थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरिन् ।
सो कार्यक्रममा बैंकका प्रदेश १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रबन्धकलगायतका बैंक कर्मचारी तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
वि.सं. २०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल पाँच हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।















कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया