तनहुँमा थपिए ५० हजार मतदाता

तनहुँ । तनहुँमा झन्डै ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको टुंगो लगाएको छ । जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार तनहुँमा कुल दुई लाख ४४ हजार ३४० जनाको नामावली सार्वजनिक भएको छ । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।
एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए । ६१ हजार ५२७ मतदाता मतदानमा सहभागी नै भएनन् । एक लाख ३२ हजार ९४४ मत गत स्थानीय निर्वाचनमा खसेको हो । त्यसमा पनि तीन हजार १५४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालमा भएको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमै जिल्लामा २० हजार ९७५ मतदान गर्न योग्य मतदाता थपिए ।
गत २४ माघसम्म जिल्लामा मतदाता नामवली संकलन भईरहेको थियो । दुई लाख ४७ हजार ७०५ जना मतदान गर्न योग्य भएको मतदाताको विवरण निर्वाचन आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । ‘२९ बैशाखसम्म १८ पुरा भई मतदान गर्न योग्य मतदाताको विवरण आयोगमा पठाईएको थियो । त्यसमध्य तीन हजार ३६५ जना कमको अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । के कारणले फरक पर्यो आयोगसँग बुझ्दैछौँ’, उनले भने ।
जिल्लाका १० स्थानीय तहमा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र कम देवघाट गाउँपालिकामा रहेको ढकालले जानकारी दिए । उनका अनुसार व्यासमा ४७ हजार ५४२ छन् भने देवघाटमा १२ हजार ८१५ रहेका छन् ।
मतदाता बढेसँगै जिल्लामा मतदान केन्द्रको संख्या पनि थप गरिएको छ । यसपाली जिल्लाका १० स्थानीय तहमा २९७ मतदान केन्द्र हुनेछन् । मतदान स्थलको संख्या भने घटबढ भएको छैन् । अघिल्लो निर्वाचनमा १३६ मतदानस्थल र २५२ मतदान केन्द्र थिए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया