पाँचथरमा जीप दुर्घटनामा ११ जना घाइते
काठमाडौँ । पाँचथरको फिदिम २ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए । सुनसरीको इहटरी उपमहानगरपालिका ५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ ।
दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएकी हुन् ।
उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् ।
उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको उनीहरू सवार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया