बिहीबार, चैत २६, २०८२

नर्भिकमा विश्व स्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालन

मेरोन्यूज २०७८ चैत १४ गते १७:१३

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व स्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको छ । अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा उक्त सेवा संचालनमा ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कस्मेटिक, स्किन तथा कपालसँग सम्बन्धित समस्या भएकालाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ । छालासम्बन्धि समस्या भएकाले नर्भिकमा आएर सेवा लिन सक्ने छन् ।

उनका अनुसार नर्भिकको यो सेन्टरमा देशका अरु अस्पताल वा यस्तै सेन्टरभन्दा राम्रो प्रडक्ट उपलब्ध हुनेछ । ‘आवश्यक सबै उपकरणहरु अरुभन्दा निकै नै स्तरीय र अत्याधुनिक मगाइएको छ,’ उनले भने, ‘उपकरणहरू आउन केही समय लाग्छ, ती उपकरण पनि आइसकेपछि नर्भिकको यो सेन्टरमा कस्मेटिक र स्किनसँग सम्बन्धित जुनसुकै समस्या निराकरणको विश्वस्तरीय पूर्ण प्याकेज उपलब्ध गराउन हामी सक्षम हुनेछौँ ।’

नर्भिकले विगत ७ वर्षदेखि डा. सिरपाकै नेतृत्वमा स्किनसँग सम्बन्धित स्वास्थ्य समस्याको ओपिडी संचालन गर्दै आएको थियो । अहिले त्यही सेवालाई विस्तार गरी कस्मेटिकसमेत थपेर वृहत रुपमा नयाँ ढंगले संचालन गरिएको हो ।

नर्भिकमा डा. बज्राचार्यको ओपिडी सेवा आइतबारदेखि शुक्रबारसम्म मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन हुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया