बिमस्टेक शिखर सम्मेलनमा चार वटा सम्झौतामा हस्ताक्षर हुने
मेरोन्यूज
२०७८ चैत १५ गते १७:३३

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ । ‘बिमस्टेक शिखर सम्मेलनमा चार वटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौता पत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोगसम्बन्धी बिमस्टेक समझदारी पत्र रहेका छन् ।
सम्बन्धित
















नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
यामाहा FZS FI हाइब्रिड एक हप्तामै सोल्ड आउट, नयाँ ब्याचका लागि प्रि-बुकिङ खुला
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया