पूर्वडीआईजी रमेश खरेल काठमाडौंको मेयरमा उठ्ने तयारी

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी एवम् नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौँ महानगरपालिकाको मेयर उठ्ने मनसाय बनाएका छन् ।
आसन्न निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने विषयमा पार्टीभित्र आन्तरिक छलफल गरिरहेको उनले मेरोन्यूजलाई बताए । उनी आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौँको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए ।
मेरोन्यूजसँगको संवादमा उनले भने, ‘हाम्रो पार्टीका साथीहरूसँग आन्तरिक छलफल हुँदै छ, छलफलपछि एउटा निष्कर्ष निस्किन्छ, मेयर उठ्ने विषयलाई नकारेको पनि होइन ।’ वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौँको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताएका छन् ।
उनले गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन् ।
खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । सरकारले अर्का डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया