आइतबार, माघ ११, २०८२

धनकुटा नगरपालिकामा डिप बोरिङ आयोजनाका लागि ऋण सम्झौता

मेरोन्यूज २०७८ चैत १६ गते १७:०१

काठमाडौँ । नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा ‘डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की’ आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि मंगलबार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । तीन करोड आठ लाख ५६ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आयोजना निर्माणको कूल अनुमानित लागत तीन करोड ४२ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको छ । कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ ।

ऋण सम्झौता कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापा, प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम र आर्थिक विकास अधिकृत विकास अधिकारीको उपस्थिती थियो ।

कोषका कार्यकारी निर्देशक सापकोटाले नगरपालिकाले आयोजना निर्माणको क्रममा प्राविधिकलगायतका पक्षमा ध्यान दिनु पर्ने कुरामा जोड दिँदै आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि नगर विकास कोषबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया