अब काठमाडौं–दिल्ली हरेक दिन एनएसीका दुईवटा उडान गछौँ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौं–दिल्लीमा हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत दुईवटा उडान गरिने बताएका छन् ।
काठमाडौंमा आज भएको एक कार्यक्रममा मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुईवटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए ।
आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरूलाई अधिकतम समय आकाशमा उडाउने काम भएको उनको दाबी छ ।
‘म मन्त्री हुनुभन्दा पहिले घाम तापेर बसेका जहाजलाई अहिले आकाशमा उडाउने काम गरको छु, नागरिकलाई सेवा दिनु मेरो कर्तव्य हो,उनले भने ।
पहिले चारदेखि पाँच घण्टा उडान भर्ने नेपाल वायुसेवा निगमका जहाजले अहिले १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको मन्त्री आलेले बताए । रासस














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया