कमल थापाको जिल्ला मकवानपुरमा लिङ्देन जाँदै

काठमाडौं । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।
बैठकले २७ चैतमा हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठूला दलको अकर्मण्यताले जनता निरास भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला हो ।
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया