सवा चार करोड भ्रष्टाचार गर्ने पालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्युतीय सामान खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले आज मुद्दा दायर गरेको अन्यमा लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजु प्रसाद न्यौपाने र टंक प्रसाद चौलागाई र लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ रहेका छन् ।
विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका ५ (साविक नागदह गाविस १–५) का अध्यक्ष वेत बहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस ६–९) का अध्यक्ष सुन बहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दल बहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका–४, (साविक विजुलीकोट)का अध्यक्ष होम बहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्ली बहादुर सुनुवारविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्षसमेतको मिलेमतोमा विद्युतीय सामान खरिद गर्दा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
उनीहरूले चार करोड २१ लाख ७०६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । बिहीबार दाबी गरिएको मुद्दामा लिुख तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चार करोड २१ लाख ७०६ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सोही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद चौलागाईसँग तीन करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो दाबी गरिएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया