नेपाल बैंकद्वारा गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौँ । नेपाल बैंकले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक’ रुपमा सम्पन्न भएको छ । गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहँुच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनी’ र ग्लोबल मनी विकको नारा ‘लर्न सेभ अर्न’लाई सार्थक बनाउन बैंकले गण्डकी प्रदेशमा अभियान सञ्चालन गरेको हो । बैंकका विभिन्न शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत वित्तीय साक्षरता गराएको हो ।
बैंकले गण्डकी प्रदेशमा यस आर्थिक वर्षको शुरुदेखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमबाट करिब एक हजार पाँच सय लाभान्वित भएको बैंकले जनाएको छ ।
बैंकले नेपालभर २१३ शाखा, १५० एटिएम साथै विभिन्न माध्यमबाट सेवा दिँदै आएको छ ।

















सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ विजयी
आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया