कांग्रेसप्रति ओलीको गम्भिर आक्षेप
कांग्रेसले भारतीय सेना ल्याएर विद्यार्थीको टाउको काटे : ओली
कांग्रेस अहिले कामै नलाग्ने पत्रु पार्टी भएको छ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै उनले भारतीय सेना बोलाएर नेपालका देशभक्तहरुको टाउको कटाउने काम कांग्रेसले गरेको आरोप लगाएका हुन् ।
‘००७ सालभन्दा अगाडि विद्यार्थीले सरकारको विरुद्धमा आवाज उठाए, सरकारले उनीहरूमाथि भारतीय सेना ल्याएर लगाए, यस क्रममा डोटीमा गिरफ्तार गरेर भिमदत्त पन्तको टाउको काट्ने काम भयो,’ अध्यक्ष अोलीले भने, ‘अलिक भन्न राम्रो लाग्दैन, तर यो सब नेपाली कांग्रेसले नै गराएको थियो, भारतीय सेना बोलाएर एउटा देशभक्तको टाउको कांग्रेसले कटाएको थियो ।’
अध्यक्ष ओलीले मन नलागे पनि नेपाली कांग्रेस त्यस्तै भएको बताए । उनले विश्वेश्वरप्रसाद कोइराला गृह मन्त्री हुँदा गोली चलाएर आन्दोलनमा उत्रिएको विद्यार्थीको हत्या गर्न लगाएको आरोपसमेत लगाएका थिए ।
यस्तै, अध्यक्ष अोलीले कांग्रेस काम नलाग्ने पत्रु भएको बताए । उनले काम नलाग्नेसँग साँठगाँठ गरेको बताउँदै कांग्रेस पनि उस्तै भएको बताएका हुन् । ‘जबसम्म भाँडो काम लाग्छ त्यसलाई भाँडो भनिन्छ, काम नलाग्ने भएपछि पत्रु भनिन्छ, कांग्रेस अहिले यस्तै भएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले कोही कम्युुनिष्ट मानिसहरूले एमाले छाड्न नसक्ने दाबी गरे । ‘कोही कम्युनिष्टहरूले एमाले छाड्न सक्छ ? सबै कम्युनिष्टहरूको पार्टी एमाले हो,’ उनले भने, ‘माधव नेपालहरू जस्तो पत्रुले मात्रै एमाले छाड्ने हो, कम्युनिष्टले एमाले छाड्दैन ।’
सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपलाप्रति लक्षित गर्दै उनले यस्तो हालतमा कसैको नहुने बताए । ‘माधवको हालत हेर्नु त, सधै बालुवाटार धाएर गठबन्धन भनेको छ, गठबन्धन भनेको छ,’ अध्यक्ष ओलीले भने, ‘हामीले केही गर्न पर्दैन यो गठबन्धनको ख्यास् हावा खोलिदिए नै काफी हुन्छ ।’
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया