प्रज्ञा फाउण्डेसनले चितवनमा साइक्लिङ प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । प्रज्ञा फाउण्डेसनले चितवनमा साइकल म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ । फाउण्डेसनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यही चैत्र २६ गतेका दिन म्याराथुन प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो ।
नेपाल साइकल संघसँगको समन्वयमा आयोजना हुने प्रतियोगिता भरतपुर महानगरपालिकाको पुल्चोकबाट शुरु हुनेछ पुल्चोकदेखि मेघौली हुँदै जगतपुरको बाटो भएर पुनः नारायणघाटको नारायणी नदी किनारमा समापन हुने छ। प्रकाश दाहाल तथा ज्ञानु दाहालको स्मृतिमा स्थापना भएको प्रज्ञा फाउण्डेसनले उक्त म्याराथुनबाट प्राप्त हुने सहयोग क्यान्सर पीडित तथा समाजका विपन्न, उपेक्षित उत्पीडित समुदायलाई सहयोग गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका तर्फबाट बोल्दै गंगा दाहालले साइकल म्याराथुन ६५ देखि ७० किलोमिटर दूरीको हुने बताइन । चितवन जिल्लामा यसस्तरको साइकल म्याराथन प्रतियोगिता पहिलोपटक आयोजना हुन गइरहेको हो । साइकल म्याराथनमा इचछुक जोकोहीले पनि भाग लिन पाउनेछन् । प्रतियोगीहरुलाई उमेर समूहका अखधारम विभाजन गरिएको छ ।
एउटै म्याराथुन प्रतियोगितामा १९ देखि ३० वर्ष, ३० देखि ५० वर्ष र ५० वर्षभन्दा माथिका लागि बेग्लाबेग्लै प्रतियोगना आयोजना गरिने उनले बताईन । यसका साथै आयोजक जिल्ला भरतपुरका लागि भरतपुर स्पेसल प्रतियोजिता हुनेछ । प्रतियोगितामा करिब १ सय ५० जना साइकल याी सहभागी हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय हुनेहरुलाई नगद राशिका साथै मेडल वितरण गरिने आयोजकले बताए । यसरी सबै प्रतियोगिताका प्रतियोगीहरुलाई दिइने पुरस्कारको कूल रकम ५ लाख ९५ हजार रहेको छ । प्रतियोगिताको कुल अनुमानित बजेट ४२ लाख ७३ हजार ३३५ रुपैयाँ रहेको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया