खैरो हिरोइन र नाइट्रोभेटसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले मकवानपुरको छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका १४ का २९ वर्षीय बलराम गुरुङ रहेका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र ३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा २ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा १५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका ३ का २० वर्षीया आयुषा ठकुरी रहेका छन् ।
प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
















चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया