खैरो हिरोइन र नाइट्रोभेटसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले मकवानपुरको छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका १४ का २९ वर्षीय बलराम गुरुङ रहेका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र ३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा २ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा १५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका ३ का २० वर्षीया आयुषा ठकुरी रहेका छन् ।
प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
















जुम्लामा हिमपातपछि जनजीवन कष्टकर,
जन्ममिति बदलेर सरकारी निकायलाई राखियो गुमराहमा, अझै छानबिनको टुङ्गो लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया