एमबीबीएस प्रवेश परीक्षा केन्द्रमा पुगे मन्त्री पौडेल

काठमाडौँ । स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्दमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा निरीक्षण गरेका हुन् ।
“देश विदेशबाट परीक्षा दिन परीक्षार्थी आउनुभएको छ,” चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका प्रतिनिधिलाई मन्त्री पौडेलले भने, “चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा अहिलेसम्म प्रश्न उठेको छैन यसलाई थप मजबुद बनाउँदै लैजानुहोला ।”
मन्त्री पौडेलले नेपाल आर्मीको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षण गरे । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सी गरेर तीन दिन हुनेछ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । शुक्रबार पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् ।
त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जनाकारी दिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया