सोमबार, पुष १४, २०८२

देशभर जम्मा ११ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ चैत १९ गते १६:२०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर जम्मा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल तीन हजार ३६० परीक्षण हुँदा ११ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९० जना कोरोनाबाट संक्रमण मुक्त भई घर फर्किएका छन् । यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

प्रतिक्रिया