आजदेखि पेट्रोलियम पदार्थ सहज हुने
काठमाडौँ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सहज हुने भएको छ ।
निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार दुई पक्षबीच सहमति भएको थियो । समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनको माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आगामी जेष्ठ १५ सम्ममा सक्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम हिजैदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको ढुवानी तथा बिक्री वितरण यथावत् गर्ने सहमति भएको छ ।
पेट्रोलियम पदार्थका उपभोक्तालाई सहज र सरल ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालय आइतबार बिहान ८ बजेदेखि नै सञ्चालन गरिने निगमले जनाएको छ ।
प्रधानमन्त्रीको समेत कार्यभार सम्हाएका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।
















सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यले गरे पदभार ग्रहण
अमेरिकामा निजी जहाज उडानका क्रममा दुर्घटनाग्रस्त, आपतकालीन टोली सक्रिय
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया