बेञ्जेमाले दुई गोल गर्दा रियल मड्रिडको जित

काठमाडौँ । अनुभवी फरवार्ड करिम बेञ्जेमा चम्किएको खेलमा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई २–१ अन्तरले पराजित गरेको छ ।
शनिबार भिगोको घरेलु मैदानमा दुवै गोल बेञ्जेमाले गरे । भिगोको लागि नोलिटोले एक गोल फर्काए । १९ औँ मिनेटमा बेञ्जेमाको पेनाल्टीमा अग्रता बनाए ।
५२ औँ मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६४ औँ मिनेटमा बेञ्जेमा पेनाल्टीमा चुके । तर पुनः ७० औँ मिनेटमा बेञ्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे ।
जितसँगै रियलले ३० खेलबाट ६९ अंक सहित शीर्ष स्थानमा बलियो पकड जमाएको छ । सेल्टा भने ३६ अंक जोडेर ११ औँ स्थानमा छ ।
गय राति नै भएको खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेसलाई ४–१ अन्तरले पराजित गर्यो । लुइस स्वारेज र जुवाओ फेलिक्सले समान दुई गोल गरे । जितपछि समान ५७ अंक भए पनि एट्लेटिको तेस्रो स्थानमा रहेको छ ।
















मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया