साक्रामेन्टोमा गोली चल्दा कम्तीमा छ जनाको मृत्यु, ९ घाइते

साक्रामेन्टो ।अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्त हुँदा गोली लागि छ जनाको मृत्यु भएको प्रहरीले आइतबार जानकारी गराएको छ ।
उक्त घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आइतबार जानकारी गराएको छ । प्रहरी विभागले ट्वीटमार्फत् दिएकाृ जानकारीमा भनिएको छ, “घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ ।” साक्रामेन्टोमा आइतबार बिहान सबेरै गोली हानाहान भएपछि प्रहरीले धेरै सडकहरू बन्द गरको थियो । विगत केही वर्षमा संयुक्त राज्य अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।
सन् २०२० को चुनावको शिलशिलामा तनाज बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र कोभिड–१९ महामारीको कारण भएको आर्थिक तथा सामाजिक व्यवधानका कारण अमेरिकामा हिंसात्मक गतिविधिमा वृद्धि भएको हो ।
बन्दूक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ले गरेको एक अध्ययन अनुसार यस बर्ष सम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको मृत्यु भएको छ । यस अवधिमा अमेरिकामा कम्तिमा ११० स्थानमा सामुहिक आक्रमण भएका छन् ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया