मंगलबार, चैत १७, २०८२

साक्रामेन्टोमा गोली चल्दा कम्तीमा छ जनाको मृत्यु, ९ घाइते

मेरोन्यूज २०७८ चैत २० गते २०:४९

साक्रामेन्टो ।अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्त हुँदा गोली लागि छ जनाको मृत्यु भएको प्रहरीले आइतबार जानकारी गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आइतबार जानकारी गराएको छ । प्रहरी विभागले ट्वीटमार्फत् दिएकाृ जानकारीमा भनिएको छ, “घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ ।” साक्रामेन्टोमा आइतबार बिहान सबेरै गोली हानाहान भएपछि प्रहरीले धेरै सडकहरू बन्द गरको थियो । विगत केही वर्षमा संयुक्त राज्य अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।

सन् २०२० को चुनावको शिलशिलामा तनाज बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र कोभिड–१९ महामारीको कारण भएको आर्थिक तथा सामाजिक व्यवधानका कारण अमेरिकामा हिंसात्मक गतिविधिमा वृद्धि भएको हो ।

बन्दूक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ले गरेको एक अध्ययन अनुसार यस बर्ष सम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको मृत्यु भएको छ । यस अवधिमा अमेरिकामा कम्तिमा ११० स्थानमा सामुहिक आक्रमण भएका छन् ।

प्रतिक्रिया