शनिबार, चैत ७, २०८२

टी-२० मा दीपेन्द्रले पूरा गरे एक हजार रन 

मेरोन्यूज २०७८ चैत २१ गते १३:५९

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । दीपेन्द्रले सोमबार त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा पपुवा न्युगिनीविरुद्ध २१ रन बनाउँदै एक हजार रन पूरा गरेका हुन् । उनले ३४ इनिङ्समा एक शतक र चार अर्धशतकसहित एक हजार रनको कोशेढुंगा पार गरेका हुन् । 

Advertisement
nepal life insurencenepal life insurence

नेपालका लागि टी-२० मा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यान दीपेन्द्र एक हजार रनको पूरा गर्ने पनि पहिलो खेलाडी बने।

उनले जारी सिरिजको लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियाविरूद्ध शतक प्रहार गरेका थिए।

प्रतिक्रिया