रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछः युक्रेनी राष्ट्रपति
मेरोन्यूज
२०७८ चैत २२ गते ११:१७

किभ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।
राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् ।
रुसले सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ ।
सम्बन्धित
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया