स्थानीय निर्वाचन : कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने

महोत्तरी । नेपाली कांग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिँदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदीय भागबण्डा गर्दा सिंगो नेपाली कांग्रेसमा प्रतिकूल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो ।
कांग्रेसले स्थानीय तहमा आवश्यक्ताअनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए ।
बर्दिबास नगर समितिले उक्त निर्णयलाई केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १(क) कार्यालय बर्दिबासलाइ पठाएको छ ।
कांग्रेस बर्दिबास आत्मनिर्भर र उच्च मनोवलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ ।
















Trump says hiking tariffs on South Korean goods to 25%
गण्डकीका ३५ सहकारी खारेज
विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा कजारियाको उपस्थिति विस्तार
EU signs ban on Russian gas into law
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया