नेपाली सेनाद्वारा जारी हिमाल सरसफाईमा कोका–कोलाको साथ

काठमाडौँ । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउण्डेसनले सहकार्य गर्ने भएको छ । यस अभियानमा दि कोका–कोला फाउण्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेश्रो वर्ष भयो ।
अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गर्ने अभियानको उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकाय सहभागि छन् ।
चैत्र २२ देखि जेष्ठ ५ गतेसम्म सञ्चालन हुने अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोर उचित व्यवस्थापनका लागि रि–साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नु पर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया