नेपाली सेनाद्वारा जारी हिमाल सरसफाईमा कोका–कोलाको साथ

काठमाडौँ । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ नारासहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउण्डेसनले सहकार्य गर्ने भएको छ । यस अभियानमा दि कोका–कोला फाउण्डेसन प्रमुख कर्पोरेट साझेदार हो । यो अभियान थालनी भएको तेश्रो वर्ष भयो ।
अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गर्ने अभियानको उद्देश्य हो । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकाय सहभागि छन् ।
चैत्र २२ देखि जेष्ठ ५ गतेसम्म सञ्चालन हुने अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोर उचित व्यवस्थापनका लागि रि–साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिने छ । प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नु पर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया