सिभिल बैंकद्वारा ‘अद्वितीय नेपाल’ शीर्षकको क्यालेण्डर सार्वजनिक

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सञ्चालनमा आएको सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।
कोरेना महामारीको कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने बैंकले विश्वास लिएको छ । उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरूको छोटो टिप्पणी समावेश गरिएको छ । यस क्यालेण्डरका तस्वीर इमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरू हुन् ।
यस क्यालेण्डरले नेपालको भ्रमण गन्तव्यहरूका बारेमा जानकारी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए ।
यस्तै, यस बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच सिभिल बैंक लिमिटेडको १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ ऋणपत्रको क्रम संख्या १ देखि ३० लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट पोखरेल र एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका थिए ।
उक्त डिबेञ्चर लक्ष्मी क्यापिटल मार्केटमार्फत बिक्री खुल्ला गरिएको थियो र वितरण भएको ३० लाख कित्ता डिबेन्चर अब २०७८ चैत्र ३० बाट नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्न सकिने छ ।

















गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
प्रतिक्रिया