ओखलढुंगा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या तीन पुग्यो
काठमाडौं । ओखलढुंगामा बोलेरो जीप दुर्घटनामा परी मर्नेको संख्या तीन पुगेको छ । मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जीप दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा१७च १०९४ को डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरी कर्मचारीको मृत्यु भएको हो ।
बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी जवान रुपन विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल घाइते भएका हुन् ।
उनीहरूलाई स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको छ । प्रहरी नायब निरीक्षक धनराज खतिवडा भने स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया