नयाँ वर्षको दिन ख्वप कलेजको साइकल यात्रा
मेरोन्यूज
२०७८ चैत ३० गते १८:३३

भक्तपुर । नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ ।
‘साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार यात्रा सुरु हुने छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् ।
साइकल यात्रा बिहान ६:३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको छ । यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने छ । त्यहाँबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने जनाइएको छ । यात्रा १२ किलोमिटरको रहने जनाइएको छ ।
ख्वप कलेज मानविकी संकायको बिएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याइका अनुसार साइकल यात्राको मूल उद्देश्य स्वास्थ्य र वातावरण बचाउनु रहेको छ ।
सम्बन्धित
















बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया