स्थानीय तह निर्वाचन : अछाममा एमालेकाे उम्मेद्वारी सिफारिस प्रक्रिया जारी

अछाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेद्वारी सिफारिको प्रक्रिया चलिरहेको छ । जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेद्वार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् । जिल्लाका केही पालिकाबाट एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेद्वार छनोट गरेर जिल्लामा पठाएको छ ।
एमालेले ढकारी गाउँपालिकाबाट सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षमा पुराना नेता धर्मबहादुर शाही र युवा नेतृ जिल्ला सदस्य मायादेवी बुढालाई उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेको छ ।
कमलबजार नगरपालिकामा एमालेबाट मेयर पदमा कटक साउद सर्वसम्मत सिफारिस भएमा छन् । तुर्माखाद गाउँपालिका कमिटीले अध्यक्षका लागि युवा नेता डम्बर बिसीको नाम सिफारिस गरिएको छ । उनीसँगै नेता बमबहादुर बिसी र नेतृ गौमती शाहीको नाम पनि अध्यक्षमा सिफारिस गरिएको छ ।
उपाध्यक्षको लागि बिमला शाही, निर्मला धमला न्यौपाने र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ । चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि एमाले चौरपाटीले जिल्ला कमिटी सचिवालय सदस्य रामबहादुर आउजीसहितका ६ नेताहरूको नाम सिफारिस गरेको छ ।
एमाले पञ्चदेवल विनायक नगर कमिटीले पार्टीबाट नगरका उम्मेदवार छनोट गरेर जिल्ला कमिटी अछामलाई पठाएको जनाएको छ । मेयरमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा तत्कालीन जिल्ला कमिटी अध्यक्ष नन्दबहादुर कडायत, प्रदेश कमिटी सदस्य कमल रावल र जिल्ला कमिटी सदस्य तथा नगर सहइन्चार्ज लक्ष्मी बोगटीको नाम सिफारिस गरिएको नगरकमिटी सचिव बखतबहादुर शाहीले जानकारी दिए । जिल्ला कमिटी सदस्य हस्तना चन्द, राधिका सञ्जाल र महिला नेतृ निर्मला बुढालाई उपमेयरका लागि सिफारिस गरेको छ ।
जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफसिरस गरेर जिल्लामा आइसकेको र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए । बाँकी उम्मेद्वारको छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया