बुधबार, माघ १४, २०८२

सल्यानमा गठबन्धनबीच तालमेल नहुने

मेरोन्यूज २०७९ वैशाख ४ गते १७:०५

काठमाडौँ । सल्यानमा सत्ता गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल नगर्ने भएको छ । गठबन्धन दलका तर्फबाट पालिका स्तरको भागबण्डामा सहमति नभएपछि तालमेल नहुने भएको हो ।

गठबन्धन दलले तालमेल नगर्ने भएसँगै मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा हुने निर्णय गरिएको छ । बैठकपछि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका नेताहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरी मैत्रीपूर्ण चुनावी प्रक्रियामा जाने जनाएका छन् ।

प्रतिक्रिया