कांग्रेसपछि नेकपा एसद्वारा पोखरा मेयरको उम्मेदवार सिफारिस

पोखरा । नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इञ्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनबासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको नाम सिफारिस भएको छ ।
६ वैशाखसम्म आकांक्षीले नाम टिपाउन पाउने बताइएको छ । यसैबीच, उपमेयरमा ३ जनाको नाम प्रस्ताव गरिएको छ । होमबहादुर नेपाली, पूर्ण लामा र संगीता केसीलाई उपमेयरमा सिफारिस गरिएको अध्यक्ष धनराज आचार्यले बताए ।
उनका अनुसार जिल्लाका ७२ वटै वडामा अध्यक्षसहित चार सदस्य र पालिकाको अध्यक्ष उपाध्यक्षको नाम पनि सर्वसम्मतबाट सिफारिस गरिएको छ । अन्नपूर्णमा प्रेम पौडेल, माछापुच्छ्रेमा असिम गुरुङ, मादीमा मधुसुदन देवकोटा र रुपामा कपिल पौडेल सर्वसम्मत अध्यक्षको सिफारिस भएका हुन् ।
धनराज र श्रीनाथ महानगरमा हेभीवेट नाम हुन् भने अरुले चर्चाका लागि मात्र नाम दर्ता गरेको एक नेताले बताए । ‘नाम टिप्दैमा टिकट पाइने होइन, तर मनपरी नाम आयो,’ उनले भने, ‘अब यो नाम प्रदेशमा जान्छ, त्यहाँबाट छाँटिएर केन्द्रमा पुग्ला ।’
अहिले प्रस्तावित नामबाट प्रदेश कमिटीले दुई पुरुष र एक महिलाको मात्र नाम केन्द्रमा पठाउने आचार्य बताउँछन् ।
















इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया