शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको शाओमीले जनाएको छ ।
आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा 15.6” FHD डिस्प्ले, ११ औं Gen Intel® Core™ प्रोसेसर, 8GB DDR4 3200 MHz RAM रहेको छ । जसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्ने बताईएको छ।
शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर, अमित कुमार पंडाले भने, “हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमा ध्यान केन्द्रित गरेका छौं र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेका छौं। हाम्रा मी फ्यानहरूले व्यापक रूपमा मन पराईदिनु भएको पावरबैङ्क, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरूसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं।”
मी नोटबुक सिरिजका ल्यापटपहरू मी TrueLife+ and TrueLife डिस्प्लेको साथ एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, दिनभरको लागि ब्याट्री ब्याकअप, Type–C जस्ता शीर्ष स्तरका विशेषताहरू छन् ।
फास्ट चार्ज, र थन्डरबोल्ट ४ तथा ब्याकलिट किबोर्डको साथ, यसबाहेक, अल्ट्रा–लाइट र पोर्टेबल श्रेणीमा कार्यसम्पादनको सीमाहरू तोड्दै, यी ल्यापटपहरूमा Intel® Iris® Xe ग्राफिक्सको साथ नवीनतम 11th Gen Intel® Core™ प्रोसेसरहरू छन्, जसमा 16GB DDR4 RAM and 512GB NVMe SSD स्टोरेज रहेको पंडाले बताए ।
“नेपाली बजारमा रेड्मीबुकको लन्च संगै, हामीले हाम्रो ध्यान उपभोक्ताहरूलाई उहाँहरुको लक्ष्य प्राप्तिका लागि ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेका छौ। प्रिमियम डिजाइन र उत्कृष्ट पर्फमेन्सको विशेषता भएका यी ल्यापटपहरू आधुनिक काम गर्ने÷सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प हो। हामी आशा गर्छौं हाम्रा उपभोक्ताहरू र प्रशंसकहरूले यसलाई मन पराईदिनु हुनेछ।“ उनले भने ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया