खोटाङमा कालाजारका थप दुई बिरामी भेटिए

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा थप दुई जनालाई कालाजार संक्रमण भएको पुष्टि भएकोे छ । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले सोमबार बाहुनीडाँडामा आयोजना गरेको कालाजार नियन्त्रण र उपचार सम्वन्धी केस बेस सर्भिलेन्स कार्यक्रम अन्तर्गत रगत परिक्षण गर्दा दुई जनालाई कालाजार लागेको पत्ता लागेको हो ।
१ सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।
चैत दोश्रो साता मात्र ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पूष्टि भएको थियो । बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए ।
यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार संक्रमितको संख्या ६ पुगेको छ । कालाजारबाट संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलव्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।
बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो । नगर स्वास्थ्य शाखासँग आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा १० जनालाई कालाजार लागेको तथ्यांक छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया