खोटाङमा कालाजारका थप दुई बिरामी भेटिए

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा थप दुई जनालाई कालाजार संक्रमण भएको पुष्टि भएकोे छ । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले सोमबार बाहुनीडाँडामा आयोजना गरेको कालाजार नियन्त्रण र उपचार सम्वन्धी केस बेस सर्भिलेन्स कार्यक्रम अन्तर्गत रगत परिक्षण गर्दा दुई जनालाई कालाजार लागेको पत्ता लागेको हो ।
१ सय जनाको रक्त नमुना संकलन गरेर आरडिटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए ।
चैत दोश्रो साता मात्र ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पूष्टि भएको थियो । बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट संक्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. बैभव मल्लिकले बताए ।
यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार संक्रमितको संख्या ६ पुगेको छ । कालाजारबाट संक्रमितलाई जनही दुई हजार यातायात खर्च उपलव्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।
बाहुनीडाँडाको विभिन्न वस्तीमा २०७७ साउन यता कालाजार देखा परेको हो । नगर स्वास्थ्य शाखासँग आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा १० जनालाई कालाजार लागेको तथ्यांक छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया